अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरेको चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद बाँडफाँड गरेको छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म जारी गरेको उक्त हकप्रद शेयर रितिपुर्वक आवेदन दिने शेयरधनीलाई मंसिर २१ गते आइतबार बाँडफाँड गरेको हो ।

अपिले चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रदमध्ये १३ लाख ४६ हजार २१८ कित्ता शेयर अवितरित भएको छ । यससँगै अब उक्त हकप्रद शेयर केही दिनभित्र लिलामीमा ल्याउनेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको थियो ।

तपाईको प्रतिक्रिया