
विश्वको सर्वोच्च चुचुरो सगरमाथाको उचाईबारे नेपाल र चीनले गरेको संयुक्त सर्भेको रिपोर्ट भोलि सार्वजनिक हुने भएको छ । मंगलबार दिउँसो दुई बजेपछि नेपालको नापी विभाग र चीनको सम्बन्धित निकायबीच हुने भर्चुअल कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । सगरमाथाको यसअघिको उचाईमा झन्डै आधी मीटरबाहेक खासै परिवर्तन नभएको उच्च स्रोतको दाबी छ ।
सो क्रममा सिरहाको समथर भूभागदेखि सगरमाथा नजिकैको पताले भन्ज्याङ्गडाँडासम्मको तीनसय किलोमिटर लम्बाइ भूभागको एक एक गरेर उचाई नापिएको थियो । सगरमाथा वरिपरिका छ हजार मीटर माथिका अन्य १२ वटा पहाड,डाँडा र चुचुरोको समेत डिटेल नाप लिइएको थियो । त्यसपछि बल्ल सगरमाथाको टुप्पोमा सबै उपकरण लिएर एक घण्टामा नाप लिने काम सम्पन्न गरिएको हो ।
उता,नेपाल-भारतबीच पेचिलो बन्दै गएको सीमासम्बन्धी विषय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आगामी भ्रमणमा उठ्ने भएको छ । स्रोतका अनुसार भ्रमणमा कालापानी र सुस्ताको बारेमा मात्र कुरो हुने छ । भ्रमण टोलीमा कुन कुन मन्त्रालय वा निकायका पदाधिकारी संलग्न हुन्छन् अझै निक्र्यौल भइसकेको छैन । भारतीय विदेश सचिवले हालै गरेको नेपाल भ्रमणको क्रममा दुई देशका सीमासम्बन्धी संयुक्त टोलीको बैठकमा उक्त विषय उठाउने सहमति भएको स्रोतको दाबी छ ।
जनआस्था दैनिकको अनलाईनबाट साभार