बीमा व्यवसाय पनि बैंकिंग क्षेत्र जस्तै धेरै सरोकारवालाहरुको सरोकार रहने क्षेत्र हो । यसको आकार र कारोवारको दायरा फराकिलो हुँदै जाँदा नियमनकारी निकायको भूमिका पनि बढि रहेको देखिन्छ । पछिल्लो समयमा वीमा क्षेत्रले शेयर बजारमा समेत उल्लेख्य अंश ओगटन पुगेको र वीमाको बारेमा सचेतना बढिरहेको अवस्थामा यस क्षेत्रको दीगोपनाका लागि वीमा समितिको नेतृत्व राजनैतिक निकटताभन्दा पनि अनुभवी, उर्जाशिल व्यक्तिको चयन हुनु पर्ने कुरामा यस क्षेत्रका व्यक्तिहरुले् जोड दिएका छन् । केन्द्रीय बैंक, धितोपत्रवार्ड लगायतका नियमनकारी निकायसँग समन्वय गर्न सक्ने र बैंकिग तथा वीमा क्षत्रको राम्रो सैद्धान्तिक ज्ञान भएको व्यक्ति छनौट हुन सके वित्तीय स्थायित्व कायम हुने अपेक्षा गर्न सकिन्छ ।
आगामी पौषमा ४ बर्षे कार्यकाल सकेर विदाई हुन लागेका राष्ट्र बैंकका पूर्व निर्र्देशक वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले यस अवधिमा खासै योगदान दिन नसकेपनि पुनः नियुक्तीका लागि प्रयास गरिरहेका छन् । उनले कोरोनाको महामारीमा अध्ययन अनुसन्धान विना नै कोरोना वीमाको दबाव सजृना गरेर दानी भुक्तानी गराउन असमर्थ रहेको चर्चा पनि चलिरहेको छ । अझ रोचक कुरा त गभर्नरको दौडमा पछि परेका नेपाल राष्ट बैंकका बरिष्ठ ड्पुटी गभर्नर चिन्तामणि शिवाकोटी समेत यस दौडमा सामेल भएको तथ्य उनकै सार्वजनिक अन्तर्वाता र अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।
चिन्तामणि शिवाकोटीले गभर्नर हुनका लागि प्रधानमन्त्रीको हातबाट पुस्तक विमोचन गराउने देखि निकै हत्कण्डा अपनाएका थिए । यसका अलवा राष्ट बैंकका पूर्व कार्याकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला केही अघि मात्र राजनैतिक नियुक्ति लिई लाभको पदमा बसे पनि कार्यकारी भूमिका भएकोले यो पदमा लोभिएका छन ।

वीमा समितिमा पछिल्लो पुस्ताका राष्ट बैंकका निर्देशक पदमा बहाल रहेका कर्मचारीहरुको पनि समितिको अध्यक्षमा चासो र प्रयास रहेको बुझिएको छ । सानै पदमा राष्ट बैंकमा प्रवेश गरी प्रतिस्पर्धात्मक तवरबाटै राष्ट बैंकको निर्देशक पदमा पुगेका प्राज्ञिक तथा बैंकिंग क्षेत्रमा विशेष पहिचान बनाएका राष्ट बैंकका निर्देशक राजन विक्रम थापालाई उक्त पदमा लैजान बैकिंग तथा वीमा क्षेत्रका केही प्रबुद्ध व्यक्तिहरु लागि परेको देखिन्छ । त्यस्तै आप्mना ससुरा युवराज खतिवडा शक्तिशाली अर्थमन्त्री हुँदा कहिले समय अघि प्रमोशन भएर त कहिले सल्लाहाकारको भूमिकामा बसेर चर्चामा रहेका रामशरण खरेल समेत समितिका अध्यक्षको लागि आंकाक्षी रहेका छन् ।

यसका अलवा यस अघि चर्चामा रहेको रविन्द्र घिमिरे, वीमा समितिमा लामो समय काम गरेका श्रीमान् कार्की, चार्टड एकाउन्टेट महेश गुरागाई लगायतका नामहरु चर्चामा रहेपनि हालको अवस्थामा सवै नियमनकारी निकायसंग समन्वय गरेर अघि बढन वित्तीय प्रणालीको ज्ञान भएको ब्यक्तिको आवश्यकता बढि रहेको देखिन्छ । वीमा ऐनमा वीमा सम्बन्धी अनुभव भएका मध्येबाट नेपालर सरकारबाट सञ्चालक समिति नियुक्त हुने र समितिका अध्यक्षमा कार्याकारी अधिकार निहित हुने उल्लेख गरिएको छ । गर्भनर नियुक्त जस्तो स्पष्ट व्यवस्था नभएता पनि बैंकिग क्षेत्र जस्तै वीमा क्षेत्र पनि नियमकीय क्षेत्र भएकोले राजनैतिक पृष्ठभूमि मात्र नभई उसको योग्यता र क्षमताका आधारमा नियुक्त हुन सके यस क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

Online Arthik










