नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ । बीमा समितिले सोमबार  सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो । समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि अलग अलग निर्देशिका तयार गरेको हो ।

निर्जीवनतर्फ निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ भने पुनर्बीमा तर्फ पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

उक्त निर्देशिका अनुसार पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया