ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ)काे निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले मंसिर १९ गते आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया