पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएका छन् ।

ती आलेखमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरू समेटिएको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ ।

भट्टराईले पुराना पार्टी र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा आफूले यो पुस्तकलाई वैचारिक बहसको थालनीका रूपमा लिएको जनाएका छन् ।

पुस्तकमा भूमिका लेखेका डम्बर खतिवडाले उक्त पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक–वैचारिक परिवेशलाई बुझ्न र विशेषतः उत्तर–गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न अभिप्रेरणा दिने उल्लेख गरेका छन् ।

२७४ पृष्ठको उक्त पुस्तकको मूल्य ४६४ रुपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया