
सनराइज क्यापिटल लिमिटेडले नयाँ सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने भएको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि “सनराइज ब्लुचिप फण्ड” नामकाे सामुहिक लगानी कोष योजना सञ्चालन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बराबरको योजना सञ्चालन गर्न मंसिर १४ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालन गरिरहेकाे छ ।