शेयर बजारमा लगानी गर्ने आम लगानीकर्ताहरुमा खुशीको खबर आउको छ । अब लगानीकर्ताहरुले मोबाइल एपबाटै सेयर भर्न पाउने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ मोबाइल एपबाटै साधारण शेयर भर्ने सुविधा थपेपछि लगानीकर्ताहरुले अब आफ्नो स्मार्टफोनबाटै साधारण शेयर भर्न सक्ने भएका छन्। सीडीएससीले गत भदौमा ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गरेको थियो।

यो एप सार्वजनिक गरिए पनि साधारण शेयर भर्ने सुविधा भने दिइएको थिए। यो एपमार्फृत लगानीकर्ताहरुले आफ्नो सेयर र त्यसको दैनिक मूल्यमात्रै हेर्ने पाउने व्यवस्था गरिएको थियो।

सीडीएससीले गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सन यो एप उपलब्ध गराइरहेको छ। अब एमा ‘माई आस्वा’ सुविधा थपिएपछि लगानीकर्ताहरुले एपबाटै आईपीओ भर्न विकल्प दिइएको सीडीएससीको भनाइ छ।

अहिले पुँजी बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन्। यो सुविधासँगै अब लगानीकर्ताहरुले आईपीओ भर्न ल्यापटप वा कम्प्युटर खोलिरहनु् नपर्ने सीधै आफ्नै स्मार्टफोनबाट भर्न सक्ने भएका छन्।

मोबाइल एपबाटै आईपीओ भर्न सकिने भएपछि अब सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा चाप घट्ने अनुमान गरिएको छ। यसअघि ठूलो संख्या साधारण शेयर भर्नेहरुले एकैपटक साइट खोल्दा साधारण शेयर भर्न समस्या हुँदै आएको थियो। अब त्यो समस्या समाधान हुने सीडीएससीको भनाइ छ।

तपाईको प्रतिक्रिया