नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मेखबहादुर थापा निर्वाचित भएका छन् । शुक्रबार नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले मेखबहादुर थापालाई नयाँ अध्यक्षका रुपमा चयन गरेको हो ।

साधारण सभाले एनआईबीएल एस क्यापिटलका थापासहित ७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारणसभाले उपाध्यक्षमा सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीइओ रमेन्द्र रायमाझीलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन् ।

नेपाल धितोपत्र बोर्डकाअनुसार हाल ३० मर्चेण्ट बैंकहरु छन् ।यद्यपि नेपाल मर्चेण्ट बैंकर्स संघमा भने २४ मर्चेण्ट बैंकमात्रै आवद्ध छन् ।

तपाईको प्रतिक्रिया