चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षकाल प्रास्ताव गरेको कुल २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर २९ गते) बाट बुक क्लोज गर्दैछ । यसको अर्थ आज (मंसिर २८ गते) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतका दरले नै नगद लाभांश रहेका छन्।

कम्पनीको वार्षिक साधारणसभा आउँदो पुस १२ गते हुनेछ। यही सभाले लाभांश अनुमोदन गर्नेछ।

तपाईको प्रतिक्रिया