आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस २४ गते बुटवलमा सातौँ वार्षिक साधारण सभा डाकेको हो।

सो सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १० गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

मंसिर २८ गते बिहान ८ बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया