माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

आज एक कार्यक्रमका बीच नेप्से र माउन्टेन इनर्जी नेपाल लिमिटेडबीच सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सम्झौतासँगै कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ।

बुधबारदेखि दोस्रो बजारमा कारोबार हुन लागिरहेको माउन्टेन इनर्जी नेपालको कोड एमईएन प्रदान गरेको छ भने पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु।११४.८१ देखि ३४४.४३ सम्म रेञ्ज तोक्ने छ ।

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो।

तपाईको प्रतिक्रिया