प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकलाई बिमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सहज बनाउन अनलाइन सेवा विस्तार गरेको छ । कम्पनीले सोको लागि सोमबार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायत सेवाको लागि सम्झौता गरेको हो ।

उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यो सेवासँगै अब प्राइम लाइफका बिमितले घरमै बसेर बिमाशुल्क लगायतको भक्तानी गर्न सक्नेछन् भने अन्य सम्बद्ध पक्षले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकलाई छिटो, छरितो सहज तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधास्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकमैत्री सेवामा जोड दिँदै आइरहेको कम्पनीले यो सेवासँगै ग्राहकमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकले इसेवा, फोनपे, खल्ती जस्ता एप्सबाट समेत घरमै बसेर अनलाइन सेवामार्फत बिमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएसमार्फत समेत बिमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने जानकारी गराए ।

यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानबाट छिटो तथा सहज जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया