नागरिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कोषलाई आज पुस २ गते बोर्डले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । त्यस अनुसार कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कोषले हकप्रद निष्काशनको माग गर्दै भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो ।

कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कोषको हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

तपाईको प्रतिक्रिया