हिमालयन डिस्टीलरीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सत्प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  डिस्टीलरीको आज अपरान्ह बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सत्प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको कम्पनीका सचिव नेत्र तिम्सिनाले बताए ।

उनकाअनुसार सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश (करसहित) वितरणको निर्णय भएको छ ।

लाभांश वितरण सम्बन्धी निर्णयको विषयमा आज साँझ नै नेप्से, धितोपत्र बोर्ड, सिडीएसी र सेयर रजिष्टारलाई जानकारी गराइसकिएको छ ।

दोश्रो बजारमा हिमालयन डिस्टीलरीको सेयर पछिल्लो समयको हटकेक हो । यो कम्पनीको सेयरमूल्य ११०० हाराहारीबाट उक्लिएर अहिले ४५०० हाराहारीमा पुगिसकेको छ । यो कम्पनीको सेयर होल्ड गर्नेहरु यो पटक पनि मालामाल बन्ने देखिएको छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।

तपाईको प्रतिक्रिया