सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरे ।

नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य बिजेन्द्र ध्वजुज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती थियो ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।

तपाईको प्रतिक्रिया