नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। गत पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते भर्चुअल (जुम क्लाउड मिटिङ) मार्फत गर्ने निर्णय गरेको छ। बैठकको प्रत्यक्ष प्रशारण बैंकको फेसबुक पेजबाट पनि गरिनेछ।
सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने बोनस सेयर र २.४२ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ९ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










