मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरानमा पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १०ः३० बजे शुरु हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बोनस शेयरको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Online Arthik










