बुटवल पावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर रहेका छन्।
बैठकले कम्पनीको २८ औँ वार्षिक साधारणसभा यही पुस २८ गते काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










