लक्ष्मी लघुवित्त ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ८.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

तपाईको प्रतिक्रिया