साधना लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी १ प्रतिशत नगद प्रस्ताव गरेको थियो ।

त्यसलाई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश भएकोमा बैंकबाट वित्तीय विवरण सुधार गरी पुन पेश गर्न निर्देशन दिएको थियो । त्यस अनुसार लघुवित्तको लाभांश  परिमार्जन भएको हो ।

यस अघि प्रस्तािवत लाभांशलाइ संशोधन गरी लघुवित्तले हाल कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको १९ प्रतिशतका दरले हुन आउने ३ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार रुपैयाँ नगद लाभाशं वितरण गर्ने भएको हो ।

उक्त संशोधित लाभांश चौंथो वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात शेयधनीहरुले पाउनेछन् ।

तपाईको प्रतिक्रिया