बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ५१ प्रतिशत बोनस घोषणा गरेको नेपाल लाइफको बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेशनल लाइर्फ इन्स्योरेन्सको ४५ करोड ५१ करोडको कारोबार भएको छ ।

त्यस्तै एनआइसी एसिया बैंकको ३३ करोड बराबरको करोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ । बुधबार नेप्सेमा ७ दशमलब ०४ अंकको वृद्धिसँगै ६ अर्ब ८६ करोड २४ लाख बराबरको करोबार भएको छ ।

तपाईको प्रतिक्रिया