
स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस ९ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको मुनाफबाट लाभांश वितरण गर्न बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । त्यस अनुसार बिहीबार कारोबार हुनेछ ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले ७ प्रतिशत बोनस वितरण गर्न पौष २४ गते, शुक्रबार ३४औं वार्षिक साधारण सभा बोलाएको छ।