प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर  बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना याेग्आय बेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १०

कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाएका छन् ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया