गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।बैंक सञ्चालक समितिको गत पुस १० गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८.२६ रुपैयाँको कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३.५० प्रतिशतले हुन आउने ४३ करोड ७२ लाख २३ हजार ७२.८२ रुपैयाँबराबरको बोनस सेयर र ०.७१०५ प्रतिशत हुन आउने २ करोड ३० लाख ११ हजार ७४०.६८ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

Online Arthik










