नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृतिलिई २०७७पौष २९ गते बुधबार महासंघका अध्यक्षश्री सुरेन्द्र भाई शाक्यको सभापतित्वमासिमित संख्यामामहासंघको सचिवालयमा भेलाभई भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष श्री सागर समशेर राणाल गर्नु भएको थियो । सो सभामा स्रचनातथा संचार प्रविधिमन्त्रीपार्वत गुरुङ्ग, नेपाल सरकारको उद्योग, सचिवश्री चन्द्र कुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिनु भएको थियो ।

त्यसैगरी व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक श्री शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा सानाउद्योग महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंशले भर्चुअलजुम बाट शुभकामना मन्तव्यव्यक्त गर्नु भएको थियो ।
वार्षिक सभाको बन्दशत्रमाकार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तियप्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

तपाईको प्रतिक्रिया