एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी यो नाफा बैंकले गत आवको सोही अवधीमा आर्जन गरेको भन्दा १४ करोड रुपैयाँले कम हो ।

बैंकले २०७६ पुस मसान्त अवधीमा ७५ करोड नाफा गरेको थियो । एनसीसीले २०७७ पुस मसान्त अवधीमा ४१ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकले पुस मसान्त अवधीमा ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरि एक अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

९ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी १३.१३ रुपैयाँ रहँदा नेटवर्थ भने १४८.३८ रुपैयाँ छ । बैंकले स्प्रेड दर, आधार ब्याजदर र कस्ट अफ फण्डमा व्यापक कटौती गरेको देखिन्छ ।

स्प्रेडदर ५.१८ बाट घटाएर ३.९७ बनाएको छ भने आधार ब्याजदर पनि १०.५८ बाट घटाएर ७.९४ प्रतिशत बनाएको छ । त्यस्तै, कस्ट अफ फण्ड ७.५० प्रतिशतबाट घटाएर ५.७९  प्रतिशत कायम गरेको छ ।

तपाईको प्रतिक्रिया