नागरिक स्टक डिलर कम्पनीले शेयर विश्लेषकको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको हो ।

कम्पनीले करार सेवामा रहने गरी यी विश्लेषक माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट कार्य सुरु गर्ने अनुमति पाईसकेको छ भने सिडीएसबाट क्लियारिङ मेम्बरको रुपमा सदस्यता लिएपछि कम्पनीले कार्य थाल्ने छ । यद्यपि अहिले पनि कम्पनीले ब्रोकरहरु मार्फत शेयर किनबेच गरिरहेको छ ।

तपाईको प्रतिक्रिया