नेपाल स्टक एक्सचेञ्ज साताको तेस्रो दिन आज मंगलबार उछाल आएको छ ।

नेप्सेका अनुसार आज नेप्से ६५।४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि माघ १२ गते नेप्से दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज ८ अर्ब बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया