नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार)  सामान्य अंकले बढेको छ । गत साताको बिहिबार २५.२३ अंकले बढेर दुई हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज ३.६६ अंकले नेप्से बढेर दुई हजार छ सय ४० दशमलब ३४ विन्दुमा पुगेको छ भने ८ अर्ब ८३ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।  आज अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श कम्पनी, चन्द्रागीरी हिल्स, समृद्धी फाइनान्स, एनआईसी एसिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रीड फण्ड र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

तपाईको प्रतिक्रिया