
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको गत आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य जगेडा कोषबाट हाल कायम चुक्तापुँजी १४ करोड ९५ लाख ३६ हजार ६५० रुपैयाँको १७.८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६.३८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।