चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेड रु. १२ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले रु. १०० अंकित दरका १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावरका तर्फबाट सञ्चालक केदारनाथ कार्की र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

यो कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

तपाईको प्रतिक्रिया