कुमारी इक्विटी फन्डले बिक्री गरेको इकाई बिहीबार (चैत ५ गते) बाँडफाँट भएको छ । जसमा १०० देखि २० लाख इकाईसम्म आवेदन दिएकाहरुले माग बमोजिम नै इकाई हात पारेका छन् । यस्तै, २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात् २५ लाख देखि ५० लाखसम्म माग गरी दरखास्त दिने जम्मा ७ जनालाई २४ लाख ६ हजार ६७० इकाईका दरले बाँडफाँट गरिएको कुमारी क्यापिटलले जनाएको छ ।
यसमा आवेदन दिएका ९४ हजार ७९४ जनामध्येबाट रितपूर्वक आवेदन दिएका ९४ हजार ७३३ जनालाई बाँडफाँट गरिएको हो । आवेदन दिएकामध्ये ६१ को आवेदन भने रद्ध भएको छ । यसमा ९४ हजार ६६१ व्यक्तिगत र ७५ बिभिन्न संघ संस्थाबाट आवेदन परेको थियो ।

तपाईको प्रतिक्रिया