नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई लघुवित्तसहित चार कम्पनीको झन्डै साढे २८ लाख कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज आरएसडीसी लघुवित्त, एनएमबी लघुवित्त र पोखरा फाइनान्सको बोनस सेयर र सहारा विकास बैंकको हकप्रद गरी कुल २८ लाख ४६ हजार ३३.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७०.४५ कित्ता, एनएमबी लघुवित्तको ८ लाख ६१ हजार ८७३.२५ कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४०.८६ कित्ता र सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता हकप्रद सूची भएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट आरएसडीसी लघुवित्तले ९ प्रतिशत, एनएमबी लघुवित्तले १९ प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया