सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ।

यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत १९ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज चैत १८ गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सूर्योदय लघुवित्तले गत आर्थिक वर्षका लागि कुल १६.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५.३४ प्रतिशत बोनस सेयर र ०.८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश संस्थाको यही चैत ३१ गते हुने आठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी सारथी नेपाल लघुवित्तले कुल ८.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.१३ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश संस्थाको आउँदो वैशाख ३ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

तपाईको प्रतिक्रिया