कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत २२ गतेदेखि आगामी वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाले आउँदो वैशाख ७ गते डोकेको १० औँ र ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५४.५२ः४५.४८ अनुपातमा रुपान्तरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। हाल संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ६४.५२ः३५.४८ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया