पोखरा फाइनान्सले सेयरधनीको खातामै ५% बोनस सेयर पठाइदिएकोे छ । पुस १६ गतेसम्म डिम्याट खातमा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुलाई बोनस सेयर जम्मा गरिएको फाइनान्सले जनाएको छ । पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि कम्पनीले भनेको छ । पोखरा फाइनान्सको गत पुस २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ५% बोनस र कर प्रयोजनको लागि ०.२६% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया