सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा आज (चैत २३ गते) बस्दैछ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । सभा प्रयोजनको लागि बैंकले चैत १० गतेदेखि २३ आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया