
एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२.६३% लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १२% बोनस सेयर र कर प्रयोजनको लागि ०.६३% नगद गरी कुल १२.६३% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले ९ करोड ७३ लाख ३४ हजार ५४६ रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ । यस्तै, ५१ लाख २२ हजार ८७० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । गत वर्ष बैंकले १७.१% बोनस सेयर र कर तिर्न ०.९% नगद लाभांश वितरण गरेको थियो ।