प्राइम कमर्सियल बैंकको ऋणपत्र चैत २६ गते बाँडफाँट भएको छ । बैंकले गत फागुन २८ गतेदेखि चैत १३ गतेसम्म ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ३५ लाख कित्ता ऋणपत्र विक्री विक्री गरेको थियो । प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यको कुल ३५ लाख कित्तामध्य बैंकले २१ लाख कित्ता परिपत्र विधिमार्फत विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो भने ५० हजार कित्ता सामूहिक लगानीकोषको लागि समेत गरी सर्वसाधारणका लागि १४ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

सर्वसाधारणको लागि छुट्याएको मध्यबाट सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो ऋणपत्र आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।  यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले पुरा गरेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो बाँडफाँटमा नपरेको रकम चैत ३० गतेदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने बैंकले जानकारी छ । ं ं

तपाईको प्रतिक्रिया