नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ८० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर चैत ३१ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो । लघुवित्तले न्यूनतम मूल्य १ हजार ६०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरीद गर्न सक्नेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो।
जसअनुसार उक्त शेयरहरू इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म खरीद गर्न सक्नेछन् ।
लघुवित्तको साधारण शेयर धितोपत्रको दोस्रो बजारमा ३ हजार ११२ रुपैयाँमा कारोबार भैरहेको छ । उक्त शेयर खरीदका लागि बिक्री प्रबन्धकको एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट मार्फत शिलबन्दी बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ ।
उक्त शेयरको खरीदका लागि न्यूनतम मूल्य १ हजार ६०० वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

Online Arthik










