नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

तपाईको प्रतिक्रिया