
बेष्ट फाइनान्स लिमिटेडले बैशाख ३१ गते, शुक्रबार आफ्नो प्रधान कार्यालय, कमलादीमा चौबिसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख १९ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार बैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।