समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ३८ लाख ४५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले ९५.०३ प्रतिशतले खुद नाफा बढेको हो ।

गत आवको नाफाबाट २० प्रतिशत लाभांश वितरण गरेर चुक्ता पूँजी २२ करोड ९३ लाख ४० हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी पनि पूँजीवृद्धिका बाबजुत १४.९७ प्रतिशतले बढेको छ ।

गत आवको ९ महिनामा २३.६१ रहेकोमा चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा बढेर ३८.५८ रुपैयाँ पुगेको छ ।

संस्थाको जगेडा कोष ३५.६६ प्रतिशत बढेर १३ करोड ५० लाख ११ हजार रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १५८.७६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण सापटी लिएर २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबाट लघुवित्तले ११ करोड ६४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड ३१ लख ७८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको ९ महिनाको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० र सञ्चालन नाफा ९५.०३ प्रतिशतले बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.७५ प्रतिशत पुग्दा कोषको लागत ६.० प्रतिशत र मूल्य आम्दानी अनुपात १७.२० गुणा छ ।

तपाईको प्रतिक्रिया