जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ६३ करो्ड ८९ लाख रुपैयाँ नाफा कमाएको छ जुन २०.९४ प्रतिशतले कम हो।

कम्पनीको आम्दानी घट्दा उसको नाफा घटेको हो। यस अवधिमा ग्राकबाट हुने आम्दानी २१ प्रतिशतले घटेर ९९ करोड ९० लाख रुपैयाँमा झरेको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोेड रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको लगानी ४५ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंक डिपोजिट ९ प्रतिशतले घटेको छ। कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

११ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेय आम्दानी पनि ६ रुपैयाँ ५३ पैसाबाट घटेर ५ रुपैयाँ १६ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८१.७३ गुणा छ।

तपाईको प्रतिक्रिया