शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा साढे २६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको बिक्री आम्दानी बढोत्तरी तथा अन्य खर्चहरु नियन्त्रणमा आउँदा नाफा बढेको हो । साथै बैंक ब्याजदर घट्दाको लाभले पनि कम्पनीको नाफा बढाउन टेवा पुगेको छ ।

शिवमले चालु आवको चैत मसान्तसम्ममा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २६.५२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब ३५ करोड ५१ लाख आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.८३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले उत्पादन बिक्री मार्फत ७ अर्ब ८ करोड ४० लाख आम्दानी गरेको थियो । गत वर्ष ६ अर्ब ६ करोड ५५ कुल खर्च गरेको कम्पनीले यस वर्ष ६ अर्ब ९ करोड ३१ लाख कुल खर्च गरेको छ ।

कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खर्च घटाएको छ । यसले पनि नाफामा सुधार आएको हो। यस्तै बैंक ब्याजदर घटेकाले पनि कम्पनीले केही राहत पाएको छ ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडाकोषमा ५ अर्ब ७ करोड ६५ लाख रुपैयाँ छ । खुद नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार आएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २६ रुपैयाँ ११ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ०३ पैसामा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा, मूल्य आम्दानी अनुपात ४३.८१ गुणा कायम भएको छ।

तपाईको प्रतिक्रिया