धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा उछाल आएसँगै नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।

आज ५४.२६ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक यसअघिको अलटाइम हाई रेकर्ड ब्रेक गर्दै २७३८.३५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि परिसूचक गत अप्रिल १५ मा २७३५.४० को विन्दुसम्म उक्लिएको थियो।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६४ अंकले बढेर ४८८.१४ को उचाइमा पुगेको छ। कारोबार रकम साढे १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

तपाईको प्रतिक्रिया