प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने रु. १ अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ मा आवे दिने आज (जेठ ९ गते) अन्तिम दिन रहेको छ।
कोष प्रवर्द्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ गत जेठ ५ गतेबाट बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ (१५ प्रतिशत) मध्ये कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ८ करोड ५० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरिका तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
सातवर्षे यस योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो।

Online Arthik










