नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २ निर्जीवन बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत १३ गते) अन्तिम मौका रहेको छ।सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लािग भोलि जेठ १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमा यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको आगामी जेठ २८ गते हुने १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको आगामी जेठ २८ गते हुने १६ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। कम्पनीले भोलि जेठ १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया