नेपाली युवा उद्यमी मञ्चको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सभाले उदीप श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ भने श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति अन्तरगत प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितीय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोदमान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को–लर्निङकारूपमा पवित्र गौतम चुनिएका छन् भने सुदीप घिमिरे र कृष्ण सापकोटा सदस्यमा सर्वसम्मत चुनिएका छन् ।
सभामा सम्बोधन गर्दै श्रेष्ठले सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने बताउनु भएको छ । सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने उनको भनाई छ । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिरहने बताउनु भएको छ ।
यस अघिसम्म प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुने छ ।

Online Arthik










